१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १६:३३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर काेराेनाबाट थप नाैजनाकाे निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

नेपालमा पछिल्लो २४ घन्टामा थप नौ जना कोरोना संक्रमितको निधन भएको छ । 

आइतबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय ९८ पुगेको छ।

आइतबार मन्त्रालयले दिएको जानकारीअनुसार यो अवधिमा देशभरमा आठ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार नौ सय ९४ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार पाँच सय संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ३५ हजार सात सय ३१ पुगेको छ।