मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर २८ आइतबार १४:५९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भाजपा नेता चौथाइवालेको काठमाडौं डायरी

भैरहवाबाट गाडीमा काठमाडौं, नेताहरुसँग भेटवार्ताको व्यस्तता र भद्रपुर हुँदै सिलीगुडीबाट फर्कँदाको रोचक डायरी

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर २८ आइतबार १४:५९:००

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज विजय चौथाइवाले बिहीबार र शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेतासँग भेटेर शनिबार दिल्ली फर्किए । 

काठमाडौं आउन बुधबार दिल्लीबाट प्लेनमा गोरखपुर आएका उनी त्यहाँबाट भैरहवा हुँदै गाडीमा बिहीबार बिहान मात्रै काठमाडौं आए भने फर्किँदा भद्रपुरसम्म जहाजमा र त्यहाँबाट गाडीमा सिलिगुडीको बागडोग्राबाट जहाजमा दिल्ली फर्किए । 

यसबीचमा कस्तो रह्यो उनको अनुभूति ? नेपाली सञ्चारमाध्यमका लागि भनेर उनले सहयोगीमार्फत पठाएको डायरी नयाँ पत्रिकाले प्राप्त गरेको छ । तर, उनले राजनीतिक वार्तालापमा भएका विषय केही पनि खुलाएका छैनन् । तर, भैरहवाबाट काठमाडौं आउँदाको सास्तीको वर्णन गरेका छन् । 

दिल्लीबाट चौथाइवालेको काठमाडौं डायरी 
म भ्रमण लामो समयदेखि काठमाडौं जाने पखाईमा थिएँ । तर, कोभिड– १९ले मलाई जान रोकेको थियो । नेपालको चलायमान राजनीतिक अवस्थालाई हेरेर, भ्रमण गर्नका लागि यो समय ठीक हो कि होइन भनेर छलफल भएको थियो ।

नेपालका अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र म पाँच वर्षदेखि नियमित मैत्रीपूर्ण छलफलमा छौँ । उहाँले यसपटक मेरो भ्रमण चाहनुभयो । अन्तमा, मैले नेपाल जाने निर्णय गरेँ । 

मैले भ्रमण बिहीबार र शुक्रबार (१० र ११ डिसेम्बर) छनाेट गर्नुको कुनै कारण थिएन । कोभिडका कारण दिल्ली र काठमाडौंबीच कुनै सीधा उडान छैन ।

त्यसकारण त्यहाँ जाने एक मात्र तरिका नेपालको सिमानानजिकको भारतीय सहरमा उडान गर्नु, सडकबाट सीमा पार गर्नु र काठमाडौं पुग्न नेपालभित्र अर्को घरेलु उडान लिनु हो । त्यसो गर्दा दिल्लीबाट काठमाडौं पुग्न लगभग एक दिन लाग्छ ।

मैले दिल्ली–गोरखपुर उडानबाट जाने, सिमाना पार गर्ने र सडक (१०० किलोमिटर) बाट नेपालको भैरहवा पुग्ने निर्णय गरेँ । 

त्यसपछि भैरवा–काठमाडाैं उडान लिने निर्णय गरेँ । तर, त्यो दिन (बुधबार) भाग्य मेरो पक्षमा थिएन । बिहान ८ः५० को दिल्ली–गोरखपुर उडान तय भयो ।  घना कुहिरोका कारण उडान तीन घन्टाभन्दा ढिला भयो । 

अन्तमा, प्लेन उड्यो, तर फेरि उत्रनुभन्दा पहिले ४० मिनेट गोरखपुर आकाशमै रहनुपऱ्याे । त्यसपछि फेरि पार्किङ स्लटका लागि थप २० मिनेट पर्खनुपऱ्याे । 

भैरवाबाट काठमाडौंको लागि मेरो २ः३० बजेको टिकट थियो । तर, मौसमका कारण म त्यो समय गोरखपुर मात्रै पुग्न सकेँ । त्यसकारण मैले बेलुका ५ः३० को अर्को उडान बुक गरेँ र गोरखपुरबाट कारमा भैरहवातर्फ लागेँ । भारत–नेपाल सीमामा पुगेपछि मलाई भनियो कि कुहिरोका कारण  भैरवा एयरपोर्ट बन्द छ र सबै उडानहरू रद्द छन् । 

अब मसँग दुई विकल्प थिए । या त भैरहवामा वास बसेर भोलिपल्ट अर्को उडान लिने वा कारबाट राति काठमाडौं जाने । अर्को दिन उडान फेरि सुरु हुने ग्यारेन्टी नभएका कारण छिटो खाना खाएर बेलुका ८ बजेतिर हामी काठमाडौंतर्फ लाग्यौँ ।

भैरहवा–काठमाडौं करिब दुई सय ७० किलोमिटरको दूरीमा छ । सबैले मलाई भने कि सात घन्टामा काठमाडौं पुगिन्छ । तर, मैले अहिलेसम्म देखेमध्ये सबैभन्दा खराब बाटोबाट यात्रा गरिरहेको छु भन्ने मलाई कहिल्यै थाहा भएन । सडक दयनीय अवस्थामा थियो । 

योसँगै असाध्यै धेरै ट्रकहरूका कारण ट्राफिक जाम भयो । गाडी रफ्तारमा हाँक्न अप्ठ्यारो थियो । त्यसकारण पूर्वअनुमान गरिएको (सात घन्टा) भन्दा दोब्बर समय लाग्याे काठमाडौं पुग्न ।

१४ घन्टाको यातायातपछि म बिहीबार बिहान ९ बजे मात्रै होटेलमा पुग्न सकेँ । शरीरका प्रत्येक हाडमा यात्राको अनुभूति भइरहेको थियो । 

पूर्ववत् योजनाअनुसार मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहान ११ बजे भेट्नुभन्दा पहिला हाम्रा राजदूत विनय क्वात्रा र विष्णु पौडेलसँग भेट्नुपर्ने थियो । 

मैले पहिलाका दुई भेटवार्ताको समय पुनः तय गर्नुपर्ने भयो । मैले राजदूत क्वात्रासँग छोटो भेट गरेँ र प्रधानमन्त्रीलाई भेट्न उहाँको निवास दौडिएँ । 

थप ३६ घन्टा एकपछि अर्को बैठकमा व्यस्त भएँ । मैले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, संसद्का पूर्वसभामुख त्यसपछि मुख्यप्रतिपक्षी कांग्रेसका सभापति र एकजना अर्का नेता, मधेसका क्षेत्रीय पार्टीका दुईजना महत्वपूर्ण नेताहरूसँग भेटवार्ता गरेँ । त्यसबाहेक हाम्रा शुभचिन्तक र कार्यकर्ताहरूसँग पनि केही भेट गरेँ । 

कसरी फर्किने भन्ने प्रश्न सधैँ मनमा रह्यो । भैरहवा विमानस्थल अझै कुहिरोको जादुभित्र थियो । त्यसैले मैले यसपटक पूर्व भद्रपुरतर्फ मोडिने निर्णय गरेँ ।

त्यसपछि सीमा पार गरेँ, नजिकैको बागडोग्रा विमानस्थलबाट दिल्लीको उडान गरेँ । भाग्यवश यसपटक माता प्रकृति मेरा लागि सहयोगी हुनुभयो र योजनाअनुसार नै म दिल्ली पुगेँ । वास्तवमा अत्यन्त रोचक र कार्यक्रमिक भ्रमण भयो ।