१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लमजुङमा ‘दाम्राङ-लिपेलेक’ चक्रीय पदमार्ग निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:५२:oo

लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर चक्रीय पदमार्ग निर्माण गरिएको हो । लिपेलेकसहित अन्य पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न चक्रीय पदमार्ग निर्माण गरिएको हो ।

पदमार्ग निर्माणका लागि प्रदेश सरकारअन्तर्गत भू तथा जलाधार व्यवस्थापन दमौलीले ५५ लाख विनियोजन गरेको पर्यटन व्यवसायी युवराज अधिकारीले बताए । लिपेलेक पदमार्ग प्रवर्द्धनका लागि अघिल्लो आर्थिक वर्षमा १५ लाख लागतमा १२ सय मिटर ट्र्याक निर्माण भएको थियो । तीनदेखि चार दिनको पदयात्रा गर्न सकिने गरी चक्रिय पदमार्ग निर्माण भएको हो ।  

दोर्दीको नौथर सेराबाट सुरु गरिएको चक्रिय पदमार्ग दोर्दीकै श्रीमञ्ज्याङ, दूधपोखरीको ओखरी, गौडा, जोर्ने र दोर्दीको इलमपोखरी चेर्ने, लिपे, गौथली, टउ, मस्प्रो, रप्रो, दाम्राङ हुँदै नौथर सेरामा टुंगिने अधिकारीले बताए । पदमार्गसँगै दाम्राङमा रहेको जीर्ण ऐतिहासिक दाम्राङ पोखरी पनि पुनर्निर्माण भएको छ । पोखरी पुनर्निर्माणका लागि ४ लाख रुपैयाँ खर्च भएको बताइएको छ । उक्त ठाउँमा पाण्डेगढी, घलेगढी, खुलल (गुरुङ) गढी र गोरुजुरेगढी रहेको छ । 

यसअघि दोर्दी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लिपेलेक पदयात्रा गरेको थियो । गाउँपालिकाभित्रका पर्यटकीय सम्पदाहरूको प्रवद्र्धन गर्न अघिल्लो वर्ष मात्रै लिपेलेक अध्ययन तथा अवलोकन पदयात्रा गरेको हो ।

पदमार्गको बाटोको अवस्था, वास बस्न सक्ने सम्भावित ठाउँहरू, पदमार्गअन्तर्गतका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरूको अध्ययन तथा अवलोकन गरिएको पदमार्ग निर्माण भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

उनले भने, ‘उक्त पदमार्ग लिपे, मेमेपोखरी, बाह्रपोखरी हुँदै अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङ्दीमा जोडिनेछ । लिपेलेकसहितको सो क्षेत्र धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा निकै सुन्दर र भरिपूर्ण भएकाले स्वदेशी तथा विदेशी आकर्षित हुने गाउँपालिकाको विश्वास छ । 

ad
ad