१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाका अध्यक्षत्रयको दाबी- मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:५८:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण गर्न आयोजित कार्यक्रममा अध्यक्षत्रय राणा, थापा र लोहनीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनर्स्थापना गर्न सबै नागरिक उठनुपर्ने वेला आएको बताएका छन् । 

अध्यक्ष राणाले पार्टीले राजसंस्था र हिन्दू राष्ट्रलाई मूल्यमान्यताको रूपमा स्थापित गरेको बताए । उनले भने, ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य–मान्यताको पक्षमा हिन्दू धर्म र मुलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ त्यसलाई ल्याई पक्षपाती व्यक्तिहरू राख्न हुन्न भन्ने मान्यताप्रति मुलुकभरि आन्दोलन चलिरहेको छ ।’

अर्का अध्यक्ष थापाले राप्रपा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताए । अहिले नागरिकस्तरबाट स्वतस्फुर्त रूपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेकोप्रति उनले खुसी व्यक्त गरे । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रूपमा जनताले लिएर हिँडिराखेका छन् त्यसले हामीलाई खुसी लाग्नु स्वाभाविक हो र ती अभियानमा हाम्रो सदभाव समर्थन रहनेछ ।’

राजसंस्था पुनर्स्थापना गर्ने एजेन्डन कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौमिकतासँग गाँसिएको उनले दाबी गरे । 

अर्का अध्यक्ष डा. लोहनीले पनि पार्टीले राजसंस्था र हिन्दू धर्म पुनर्स्थापना गर्ने स्पष्ट एजेन्डा लिएर अगाडि बढेको बताए । उनले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको पनि बताए । उनले भने, ‘हाम्रा एजेन्डाहरू स्पष्ट छन् । त्यसमा कुनै द्विविधा छैन । संवैधानिक राजसंस्था नेपालका लागि आवश्यक छ ।’

राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा लिएर हिँड्दा धेरैले पछाडि जान थाल्यो भनिरहेको उल्लेख गर्दै उनले अहिले पनि देशका लागि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र आवश्यक रहेको जिकिर गरे ।

ad
ad