Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०५:५१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मलेसियाको गाडी ‘प्रोटोन’ काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०५:५१:००

नेपाली बजारमा मलेसियाको कम्पनी प्रोटोनका गाडी औपचारिक रूपमा भित्रिने भएका छन् । उक्त गाडीको नेपालका लागि आधिकारिक विक्रेता तोकिएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सोरुम सञ्चालनमा ल्याउन लागेको हो । 

प्रोटोन गाडीको सेल्स, सर्भिस र स्पेयर पार्टस् उपलब्ध गराउने जिम्मेवारी जगदम्बा मोटर्सको रहेको जनाइएको छ । प्रोटोनको सोरुम आकर्षक स्पेससहितको रहेको कम्पनीको दाबी छ ।

सोरुम प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको जनाइएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै आकर्षक गन्तव्यका रूपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको कम्पनीले जनाएको छ । 

नेपाली बजारमा प्रोटोनको पहिलो गाडीका रूपमा प्रोटोन सागा सेडान उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसपछि अन्य मोडलका सवारीसाधनसमेत बिस्तारै उपलब्ध हुँदै जाने जनाइएको छ ।

मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनीका रूपमा स्थापित यो कम्पनी मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टका रूपमा आएर हाल विश्वका विभिन्न भागमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।