मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २१:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटनमन्त्री भट्टराईको दाबी– देशको भाग्य र भविष्य नेकपासँग जोडिएको छ, ५० वर्ष सरकार चलाउँछौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o५:oo

नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले  ५० वर्षसम्म नेकपाले सरकार चलाउने बताएका छन् । हुम्लाका नेता तथा कार्यकर्तासँग मंगलबार कुरा गर्दै उनले ५० वर्षसम्म चुनाव जितेर बहुमतको सरकार चलाउने दाबी गरेका हुन् ।

उनले भने, ‘नेकपा फुट्छ भन्ने हल्ला छ, नेकपा पार्टी फुट्दैन । फुटेर दुःख पाएर जुटेर आएको हो, ठूलो पार्टीमा धेरै नेता भएको पार्टी महत्वाकांक्षा हुन्छ, आकांक्षा हुन्छ, अन्तरविरोध हुन्छ । पार्टीभित्र भएका अन्तरविरोध व्यवस्थापन गर्छाैँ, सचिवालय र स्थायी कमिटीबाट समस्याको समाधान हुन्छ ।’ 

देशको भाग्य र भविष्य नेकपासँग जोडिएको उनको दाबी छ । नेकपाकाे सरकारले आमजनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ । 

हुम्लामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अगाडि बढ्न उनले अनुरोध समेत गरे । उनले भने, ‘गुरुयोजना तयार गर्नुहोस्, सरकार सहयोग गर्न तयार छ ।’