१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ मङ्सिर १५ सोमबार १९:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद ठूलो घरको सल्लाह हो : मन्त्री ढकाल

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार १९:१९:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेकपाको विवाद ठूलो घरको सल्लाह भएको बताएका छन् । 

सोमबार चितवनको भरतपुर अस्पतालमा सरुवारोग र आकस्मिक सेवाको भवन शिलान्यास कार्यक्रममा ढकालले ठूलो घरमा सल्लाह गर्दा बाहिर हल्ला सुनिए पनि यथार्थमा ठूलो घरको सल्लाह भएको बताए । 

‘यो एकताले अहिलेका नेताहरू मात्र हाेइन, नयाँ पुस्तासम्म पुऱ्याउने प्रतिबद्धता पूरा हुन्छ । वेलावेलामा यस्ता छलफल, बहस ठूलो पार्टीमा हुन्छ, यसमा आत्तिनुपर्ने कुरा छैन,’ उनले भने ।

नेकपामा विवाद चुलिएको वेला सचिवालयमा पहिलोपटक दुई अध्यक्षको फरक–फरक राजनीतिक प्रस्ताव पेस भएको छ । दुवै प्रस्तावमाथि छलफल गर्न मंगलबार सचिवालयको बैठक बस्दै छ ।