मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीको दुहबीमा छिमेकी युवाले गरे आफ्नै छिमेकी साथीको हत्या

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

सुनसरीको दुहबीमा एक युवाले आफ्नै  छिमेकी साथीको हत्या गरेको खुलेको छ ।  

सुनसरीको दुहबी नगरपालिका– २ भीरगाउँका २० वर्षीय सुमन झाले साथीहरूसँग मिलेर छिमेकी १७ वर्षीय सुजन चौधरीको हत्या गरेको खुलेको हो । 

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका एक मात्र छोरा सुजन साथीको घरमा जान्छु भनेर यही १० मंसिरदेखि बेपत्ता भएका थिए । 

उनी नफर्किएपछि १२ मंसिरमा परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दुहबीमा हुलिया दिएका थिए । 

प्रहरीले खोजतलास गर्ने क्रममा छिमेकी सुमन झालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले साथीहरूको सहयोगमा सुजनलाई अपहरण गरेर हत्या गरेको स्विकारेका थिए । 

झाले साथीहरूको सहयोगमा सुजनको हत्या गरेर पाँच सय मिटर पर रहेको अरुण वनस्पति उद्योगको कम्पाउन्ड उत्तर रहेको झाडीमा फालिदिएका थिए । 

सुजनको शव हत्या गर्ने झाकै सहयोगमा प्रहरीले घटनास्थलबाट एक थान ट्याब, दुई थान मोबाइल र एक थान सिमकार्ड पनि बरामद गरेको छ । 

प्रहरीले सुजनको हत्या आरोपमा छिमेकी सुमन झासहित अन्य दुईजनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए । 

एसपी थापाका अनुसार अनुसन्धान जारी रहेकोले हत्याको कारण यकिन भइसकेको छैन । एसपी थापाले भने, ‘हत्याको कारण फिरौती, रिसइबी हो कि अन्य कुनै कारण छन् भनेर गहन सोधपुछ गरिरहेका तर यकिन भइसकेको छैन ।’  

सुजन बेपत्ता भएपछि मोबाइलमा सम्पर्क गर्दा ‘सुरज हाम्रो कब्जामा छ’ भनेर अज्ञात व्यक्तिले भन्ने गरेको, तर कसैले फिरौती नमागेको परिवारले प्रहरीलाई जानकारी गराएका छन् । 

यसैले हत्याको कारण रहस्यमय बनेको छ । यद्यपि गाउँमा भने सुजनले महँगो ट्याब चलाउने गरेको र सोही ट्याब हत्याउन पनि उनको हत्या गरेको हुन सक्ने चर्चा भइरहेको स्थानीयहरूको भनाइ छ । 

मृत फेला परेका सुजन सुनसरीको इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययनरत  थिए ।