१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दक्षिण सुडानमा हुन लागेकाे जातीय हिंसालाई नेपाली सेनाले रोक्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १६:०६:००

शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाले स्थानीयलाई सम्भावित जातीय हिंसाबाट जोगाएका छन् ।

अनमिसअन्तर्गत क्विवेट इलाकामा खटिएका कालिध्वज गणअन्तर्गतका सेनाले स्थानीयलाई सम्भावित जातीय हिंसाबाट जोगाएका हुन् ।

गत १० मंसिरमा क्विवेट इकालमा स्थानीयबीच जातीय हिंसा भड्किन लागेको थियो । सेनाका अनुसार क्विवेट इलाकास्थित क्वाटल क्याम्पमा भएको चोरीको घटनालाई लिएर क्वोङर र आइल जातिबीच झडप भएको थियो ।

झडपमा क्योङर जातिका एक युवाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दुई पक्षबीच हिंसा भड्किने खतरा बढेको थियो । हिंसा भड्कन सक्ने भएपछि मिसनमा खटिएका सेना उक्त क्षेत्रमा खटिएका थिए ।

सहसेनानी विज्ञान विष्टको नेतृत्वमा खटिएको सेनाको अपरेसनपछि दुई पक्षबीचको विवाद मत्थर भएको थियो । झडप भएको क्षेत्र रुम्बेकस्थित सेनाको  हेडक्वार्टरबाट ७० किलाेमिटर पश्चिममा पर्छ ।

सेनाको कार्यलाई संयुक्त राष्ट्र संघले उच्च प्रशंसा गरेको सेनाले जानकारी दिएको छ ।