मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रमेश रावल वीरेन्द्रनगर
Invalid date format १५:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राउटेको प्रश्न- प्रदेश सरकारले दिने भनेको भत्ता खोइ ?

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

सुर्खेतको चिंगाड गाउँपालिका– ५ मटेलाको तामाखानीमा बस्दै आएका राउटेहरूले कर्णाली प्रदेश सरकारले दिने भएको मासिक भत्ता नपाएको गुनासो गरेका छन् । 

संघीय सरकारले दिँदै आएको प्रतिव्यक्ति तीन हजार रुपैयाँ बाँड्न गएका दैलेख गुराँस गाउँपालिका जनप्रतिनिधिहरूसँग कर्णाली प्रदेश सरकारले दिने भनेको थप दुई हजार भत्ता नपाएको गुनासो गरेका हुन् । 

राउटेहरूले प्रदेश सरकारले दिने भनेको थप भत्ता खोइ ? भनेर प्रश्न गरेको गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए । 

‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राउटे बस्तीमा नै पुगेर प्रदेश सरकारकातर्फबाट थप दुई हजार रुपैयाँ दिने भन्नुभएको रहेछ,’ उनले भने, ‘राउटेहरूले दिने भनेको कुरा भुलेका रहेन छन् ।’

गत कात्तिक ८ मा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटेहरूकाे बस्तीमा नै पुगेर थप दुई हजार रकम थप दिने घाेषणा गरेका थिए । हालसम्म पनि पनि त्यो रकम नपाएको राउटे मुखिया सूर्यबहादुर शाहीले बताए ।

‘हामीलाई संघीय सरकारले तीन हजार भत्ता दिँदै आएको थियो,’ उनले भने, ‘तीन हजारले हाम्रो जीवन धान्न गाह्राे भएको बताएका थियौँ । उहाँले थप प्रदेश सरकारका तर्फबाट दुई हजार दिने भन्नुभएको थियो । तर, त्यो भत्ता अहिलेसम्म पनि पाएका छैनौँ ।’

त्यस्तै, राउटेहरूलाई खाद्य तथा अन्य सुरक्षा गर्नका लागि राउटे सुरक्षा कोष स्थापना गर्ने आश्वासन दिएको भए पनि हालसम्म पनि कुनै काम नभएको राउटे मुखिया शाहीले बताए ।

‘हामीलाई मुख्यमन्त्रीले खाद्यान्न, लत्ताकपडा, आवासका लागि राउटे सुरक्षा कोष बनाउने भन्नुभएको थियो,’ उनले भने, ‘त्यो बनाएको कुरा पनि आएका छैन ।’

दैलेख गुराँस गाउँपालिकाले घुमन्ते रहेका राउटे समुदायलाई संघीय सरकारबाट दिने भत्ता दिँदै आएका छ । हाल राउटे समुदायका ४४ परिवारका एक सय ४५ जना छन् । उनीहरू दैलेख र सुर्खेतका विभिन्न ठाउँमा घुमफिर गरी बस्दै आएका छन् । 

लोपोन्मुख अवस्थामा रहेका राउटेलाई दैलेखको गुराँस गाउँपालिकाले नागरिकता दिन पहल थालेको छ ।