मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार १६:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट २४ घन्टामा २५ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार १६:४३:००

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट  थप २५ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट १४ सय ७९ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

नेपालमा आज १२ सय ५५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३१ हजार नौ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १४ सय चारजना संक्रमित निको भएका छन् । यो तथ्यांकसँगै हालसम्म दुई लाख १२ हजार दुई सय ५९ जना संक्रमित निको भइसकेका छन् ।

हाल १७ हजार नौ सय नौजनामा सक्रिय संक्रमित छन् । मन्त्रालयले हाल ६ सय ३२ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।