१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अस्ट्रेलियन ओपन दुई साता धकेलिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१८:oo

वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोतिगा जनवरीमा हुन्छ । तर, यसपटक अस्ट्रेलियन ओपन निर्धारित समयमा नहुने छाँटकाँट देखिएको छ । जनवरीको दोस्रो सातामा हुने यो प्रतियोगिता सम्भवत १ फेब्रुअरीमा गर्ने आयोजकले तयारी गरेको छ । आयोजकले कोरोना भाइरस महामारी र खेलाडीको सुरक्षालाई मध्यनजर राखी निर्धारित तालिकाभन्दा दुई सातापछि प्रतियोगिता आयोजना गर्ने भएको एजेन्सीहरूले उल्लेख गरेका छन् । 

खेलाडी दुई साता क्वारेन्टाइनमा
आयोजकले खेलाडी, मिडिया तथा प्रायोजकसँग प्रतियोगिताबारे छलफल गरेको छ । प्रतियोगिता सुरु हुनु दुई साताअघि सहभागी खेलाडी मेलवर्नमा पुगिसक्छन् । उनीहरूले त्यहाँ अभ्यासस्वरूप प्रतियोगितामा पनि सहभागिता जनाउने गर्छन् । यसपटक खेलाडीले प्रतियोगिता प्रतिस्पर्धा गर्नुअघि कोरोना टेस्ट गर्नुपर्नेछ । त्यसपछि खेलाडी कम्तीमा दुई साता क्वारेन्टनाइनमा बस्नुपर्ने आयोजकले जनाएको छ । अस्ट्रेलियन ओपनमा सहभागिता जनाउन डेट लाइन दिइएको छैन । ‘योपटक हामीले खेलाडीलाई कोरोनाबाट सुरक्षित बनाउन दुई साताको क्वारेन्टाइन व्यवस्था मिलाएका छौँ,’ अस्ट्रेलियन ओपनको आयोजकले विज्ञपित जारी गरी भनेको छ । 

खेलाडी दबाबरहित 
आयोजकले नै खेलाडीलाई क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेको अवस्थामै कोही खेलाडीले भाग लिन नचाहे जानकारी दिएर घर फर्कने प्रबन्ध छ । यसैगरी दुई साता क्वारेन्टाइनमा बस्दा खेलाडीले निश्चित प्रोटोकल अपनाएर अभ्यास गर्न सक्छन् । ‘होटेलमा बस्दा खेलाडीले सबै नियम पालना गर्नुपर्छ, उनीहरू होटेलबाहिर जान मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘होटेलको रुमभित्र र लबीमा खेलाडी तथा अन्य स्टाफलाई हिँडडुल गर्न छुट छ ।’ 

जनवरीमै खेलाडीको आगमन
क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले खेलाडीलाई जनवरीको पहिलो साता नै मेलबर्नमा पुग्न भनिएको छ । यो विदेशी खेलाडीको हकमा लागू छ । अस्ट्रेलियन खेलाडीलाई प्रतियोगिता सुरु हुनु दुई साताअघि मात्र आबद्ध हुन भनिएको छ । ‘५–७ जनवरीसम्म खेलाडी मेलवर्नमा आइसक्नेछन्,’ अस्ट्रेलियन ओपनको आयोजकले भनेको छ, ‘खेलाडीले १ फेब्रुअरीदेखि सुरु हुने प्रतियोगिताको लागि तयारी गर्नेछ ।’ 

ad
ad