१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो [अपडेट] 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ११:१३:००

गुल्मीकाे इस्मा गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । 

सदरमुकाम तम्घासका लागि छुटेको लु.१ज ११६६ नम्बरको जिप इस्मा– ४ अन्तर्गत हुलनजिकै दुर्घटना भएको थियो । पाँचजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा इस्मा– ४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५  ८० वर्षीया सुन्दरी थापा रहेको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

घाइते तीनमध्ये इस्मा– ४ का १९ वर्षीय फर्शुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास लग्दैगर्दा बाटामै मृत्यु भएकाे गुल्मी अस्पतालका प्रमुख डा‍. उत्तम पाच्यले जानकारी दिए । 

दुर्घटनामा परेर घाइते भएका इस्मा– ४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

१० यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जिप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक बुद्ध बस्नेत सकुशल छन् ।