१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एस्ट्राजेनेका भ्याक्सिन ९० प्रतिशत प्रभावकारी

Read Time : > 2 मिनेट
२o८१ जेठ १ मंगलबार o७:५३:oo

अक्सफोर्ड युनिभर्सिटी र बेलायतले संयुक्त रूपमा उत्पादन गरिरहेको एस्ट्राजेनेका भ्याक्सिनको असर ९० प्रतिशतसम्म देखिएको छ । एस्ट्राजेनेका कम्पनीले सोमबार बेलायत र ब्राजिलमा ‘एजेडडी १२२२ ट्याग’ को भ्याक्सिन परीक्षण भइरहेका मानिसमाथि ९० प्रतिशतसम्म काम गरेको जनाएको हो । एस्ट्राजेनेका आधा डोज दिँदा पनि काम गरेको कम्पनीको भनाइ छ । पहिलोमा ६२ तथा दोस्रो डोजमा ७० प्रतिशत भ्याक्सिनले काम गरेको कम्पनीको दाबी छ । एस्ट्राजेनेका भ्याक्सिन भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले पनि परीक्षण गरिरहेको छ ।

‘अहिलेसम्मको परीक्षणको नतिजाबाट सन्तुष्ट छौँ, कोभिड–१९ विरुद्ध यो भ्याक्सिनले धेरै राम्रो असर र प्रभाव पारेको पायौँ,’ एस्ट्राजेनेकाका कार्यकारी प्रमुख पास्काल सोरिओटले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसको सकारात्मक नतिजा अन्य भ्याक्सिनको तुलनामा उत्कृष्ट छ, बेलायत र ब्राजिलमा यसले राम्रो प्रभाव छाडेको छ ।’ ब्राजिल र बेलायतमा परीक्षण गरिएका व्यक्तिबारे नराम्रो खबर सुन्न नपरेको उनले बताएका छन् । ‘अहिलेसम्म बेलायत र ब्राजिलका अस्पतालबाट भ्याक्सिनप्रति नराम्रो रिपोर्ट आएको छैन, यसको अर्थ हो यसले राम्रो काम गरिरहेको छ,’ सोरिओटले भने । 

अमेरिकामा ११ डिसेम्बरसम्ममा भ्याक्सिन आउने
अमेरिका कोरोना संक्रमित तथा मृत्युदरमा शीर्षस्थानमा छ । अमेरिकामा कम्तीमा ११ डिसेम्बरसम्ममा भ्याक्सिन बजारमा आउने भएको छ । युएस कोभिड–१९ भ्याक्सिन टाकसका प्रमुख मोनेफ सेलाइनले ११ डिसेम्बरमै संक्रमित व्यक्तिले भ्याक्सिनको खोप पाउन सक्ने बताएका छन् । अमेरिकी प्रशासनले अनु्मति दिएमा कम्पनीले भ्याक्सिन बजारमा पठाउनेछ । ‘हामीलाई एफडिएबाट भ्याक्सिन बजारमा पठाउन अनुमति चाहिन्छ, उनीहरूले अनुमति दिए मात्र भ्याक्सिन सबैले पाउन सक्छन्,’ मोनेफले भने । द गार्डियनका अनुसार फेजर र बायोएनटेक कम्पनीले उत्पादन गरिरहेको भ्याक्सिन डिसेम्बरसम्म उपलब्ध हुन सक्छ । युरोपको विभिन्न राष्ट्रले फेजरद्वारा उत्पादित भ्याक्सिन बजारमा उपलब्ध गराउन अनुमति दिएको छ । परीक्षण समयमा फेजरको भ्याक्सिनले ९५ प्रतिशत असर गरेको जनाइएको छ । 

स्पेनमा जनवरीमा खोप आउने
स्पेन कोरोनाबाट प्रभावित युरोपिन राष्ट्र हो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनवरी महिनादेखि सर्वसाधारणले कोरोनाको भ्याक्सिन पाउने जानकारी दिएका छन् । भ्याक्सिन उपलब्ध गराउन सरकारले मिहिनेत गरिरहेको प्रधानमन्त्री सान्चेजको भनाइ छ । उनी भन्छन्, ‘सबै व्यवस्था लगभग पूरा भइसकेको छ, अब अन्तिम परीक्षण मात्र हुन बाँकी छ, यो परीक्षणपछि जनवरीमै भ्याक्सिन उपलब्ध हुनेछ ।’ सान्चेजका अनुसार तीन महिनाको अवधिमा लगभग पूरै स्पेनमा भ्याक्सिन बाँडिनेछ । स्पेनमा अहिले १३ हजार भ्याक्सिन खोप लगाउने स्थान बनाइएको छ । 

जर्मनीद्वारा ३० लाख खोप अर्डर
युरोपमा अहिलेसम्म जर्मनी र स्पेन मात्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन खोप प्रयोगमा ल्याउने अग्रसर राष्ट्रमा पर्छन् । जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पाहनले भ्याक्सिन खोप उपलब्ध गराउन पूरै तयारी सम्पन्न भएको बताएका छन् । यसअघि नै जर्मनीले विभिन्न कम्पनीमा भ्याक्सिन अर्डर गरिसकेको थियो । स्वास्थ्यमन्त्री जेन्सका अनुसार जर्मनीमा पहिलो चरणमा अर्डर भएको ३० लाख भ्याक्सिन खोप आउनेछ । डिसेम्बर आधाबाट विभिन्न क्षेत्रमा खोप लगाउने सेन्टर बनाइनेछ । जर्मनीले आफूसँग उपलब्ध भ्याक्सिन बाँकी रहँदा छिमेकी राष्ट्रलाई पनि सहयोग गर्ने वाचा गरेको छ । 

युनिसेफ सुरक्षित रूपमा  भ्याक्सिन पुर्‍याउन तयार
बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको युनिसेफले संसारका विभिन्न देशमा भ्याक्सिन सहज रूपमा उपलब्ध गराउन ३५० वटा एयरलाइन्स तथा कार्गो कम्पनीसँग कुराकानी गरिरहेको जनाएको छ । ‘भ्याक्सिन सही समयमा र सुरक्षित रूपमा पुर्‍याउन ती विमान कम्पनीसँग छलफल भइरहेको छ,’ युनिसेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

युनिसेफले पहिलो चरणमा यमन र अफगानिस्तान पहिलो प्राथमिकतामा राखेको छ । यसैबीच, भारतमा परीक्षण भइरहेको कोभिसिल्ड भ्याक्सिनको असर पनि ९० प्रतिशत नै रहेको दाबी गरिएको छ । भारतका स्वास्थ्यमन्त्री डा.हर्षवद्र्धनले नयाँ वर्ष २०२१ को प्रारम्भमै भ्याक्सिन वितरण हुने बताएका छन् । २०२१ को सेप्टेम्बसम्म २५–३० करोड भारतीय जनतामा भ्याक्सिन प्रयोगमा आउने उनको भनाइ छ ।
 एजेन्सीको सहयोगमा

ad
ad