१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार १९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराईको दाबी- ओलीप्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार १९:४३:००

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति नभएर ओलीप्रवृत्ति रहेको बताएका छन् । सोमबार ट्विट गर्दै भट्टराईले कुनै पनि वहानामा ओलीप्रवृत्तिलाई काँध थाप्ने गल्ती नगर्न आग्रह गरेका छन् । 

उनले भनेका छन् , ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हाेइन, ओलीप्रवृत्ति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर, ओलीप्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हाेइन ।  कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौँ  !’