१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ८ सोमबार
  • Monday, 30 June, 2025
२o७७ मङ्सिर ८ सोमबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ८ सोमबार १७:१७:oo

पोखरामा प्याराग्लाइडिङ  दुर्घटना हुँदा एकजनाको मृत्यु भएकाे छ । दुर्घटनामा परेर एकजना गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो सराङकोटबाट टेन्डम उडान गरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दुर्घटनामा परी प्याराग्लाइडिङ पाइलट ३८ वर्षीय राजु गैरेको मृत्यु भएकाे कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । 

घाइते श्रेष्ठलाई उपचारका लागि पोखराको मेट्रो सिटी अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरीका अनुसार घाइते श्रेष्ठको अवस्था गम्भीर छ ।