मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
कमल खत्री म्याग्दी
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दी खोलामा बेपत्ता किशोरको शव गोताखोर टोलीले निकाल्यो

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

म्याग्दीको मंगला गाउँपालिका– ५ छिसवाङमा नदीमा डुबेर बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टीकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान फेला परेको हो । 

सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । 

छिसवाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए  । 

बेपत्ता भएका किशोरको प्रहरी र स्थानीयबासीबाट खोजीकार्य हुँदासमेत केही पत्ता नलागेपछि गृह मन्त्रालयसँगको समन्वयमा तत्कालै गोताखोर टोली झिकाएर खोजी गरी शव फेला पार्न सकिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । 

करिब १५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो ।