१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o५:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आन्दोलनरत स्वास्थ्यकर्मीका माग सम्बोधन गर्ने राज्यमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:o४:oo

कोभिड–१९ जोखिम भत्ता, पर्याप्त सुरक्षा सामग्री र सेवा विस्तार भत्ता माग गर्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मीको माग सम्बोधन गरिने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले प्रतिबद्धता जनाएका छन् ।

वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी २ कात्तिकदेखि आन्दोलनमा छन् । ज्ञापनपत्र बुझाउन मंगलबार मन्त्रालय पुगेका स्वास्थ्यकर्मीसँग संवाद गर्दै राज्यमन्त्री
राउतले यथाशक्य छिटो माग पूरा गर्ने वाचा गरेका हुन् । आन्दोलन थालेको चार महिना बितिसक्दा पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेपछि मन्त्रालय गुहार्नुपरेको स्वास्थ्यकर्मी खुबराज आचार्यले बताए ।

आन्दोलनरत स्वास्थ्यकर्मीले राज्यमन्त्री राउतसमक्ष कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधि खरिद खर्च, दसैँ खर्चलगायत सुविधा उपलब्ध गराइदिन माग गरे ।

कोभिड संकट सुरु भएसँगै स्वास्थ्यकर्मीले पाइरहेको सुविधा र जोखिम भत्ता उपलब्ध नभएपछि स्वास्थ्यकर्मीले अस्पतालपरिसरमा दैनिक धर्ना दिइरहेका छन् । पञ्जा, मास्क, स्यानिटाइजर, भाइजर, चस्मा, पिपिईलगायत स्वास्थ्य सुरक्षा सामग्री आफैँले खरिद गर्नुपरेको गुनासो उनीहरूको छ ।

ad
ad