१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बर्तुङ–रिडी सडक आजदेखि दैनिक १३ घन्टा बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३५:oo

जिल्लाको बर्तुङ–रिडी सडकमा आजदेखि दैनिक १३ घन्टा सवारी आवागमन  बन्द गरिएको छ । सडकको हार्थोक–मालमुल–जोर्ते खण्डको मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले आज (मंगलबार)देखि कात्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घन्टा सडकमा सवारी आवागमन बन्द रहने जनाएको छ । 

सवारी आवागमन प्रत्येक दिन बिहान ३ बजेदेखि ६ बजेसम्म, बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म, साँझ ७ बजेदेखि ८ बजेसम्म, साँझ ९ बजेदेखि १२ बजेसम्म बन्द रहनेछ ।

यी समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत् सञ्चालन हुनेछन् ।
 

ad
ad