१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्वीर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खुला स्थानमा राखेर खाना खुवाउने प्रक्रियालाई महानगरले व्यवस्थापन गर्छ : मेयर शाक्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:३९:oo

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन् । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकारभित्र परेको भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने पनि बताए । 

कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्ने उल्लेख गर्दै उनले  खुलामञ्चको निःशुल्क खाना खुवाउने अभियानलाई पनि व्यवस्थापन गर्ने बताएका हुन् । 

अहिलेको अवस्थामा एक–अर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अगाडि बढ्नुपर्ने दायित्व भएको पनि उनले बताए । 

खुलामञ्चमा अहिले आधा दर्जन संघसंस्थाले खाना खुवाइरहेको आफ्नो जानकारीमा आएको उल्लेख गर्दै उनले भोजनको व्यवस्था गरिरहेका संघसंस्था र व्यक्तिलाई र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्न आग्रह गरिएको बताए । 

उनले भने, ‘उहाँहरूलाई र खाना खानेलाई पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन, खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका वेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनुहुन्न भन्ने हाम्रो चाहना हो ।’ 

मेयर शाक्यले खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले सहयोग गर्न महानगर तयार रहेको पनि बताए ।

श्रम गरी खानेहरूका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरूलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गरे ।

‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ,’ उनले भने ।

उनले खुलामञ्चमा गएर आर्थिक सहयोग गर्ने सांसदहरूतर्फ संकेत गर्दै महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान नहुने भएकाले सबै मिलेर उपाय खोज्नुपर्ने बताए । 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन बेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थामा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताए । 

महानगरपालिकालाई आर्थिक अभाव रहेकाले आवश्यक समन्वय भए जटिल समस्याहरूलाई समाधान गर्न आफूहरू रहेको  उनले बताए ।

ad
ad