१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसमी फ्लुका बिरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सककाे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

कोरोना भाइरस (कोभिड- १९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । 

अहिले अस्पतालहरूमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकले आग्रह गरेका हुन् ।

मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षण देखिएका व्यक्तिले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले आग्रह गरिन्। 

अस्पतालहरूमा आइसियू बेड खाली नभएको, अक्सिजन उपकरणहरू अपुग रहेकाले संक्रमितहरू अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन् । 

डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुका लक्षणहरू छुट्याउन गाह्रो हुने भएकाले आफैँले सतर्कता अपनाउनुपर्ने बताइन् । सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुख्ने र घाँटी दुःख्ने समस्या फ्लुका लक्षण भएकाले डराउनुपर्ने अवस्था नभएको उनले बताइन् । 

सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाहअनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता–दशदिन भित्रमा मौसमी फ्लु निको हुने उनले बताइन् । 

उनले भनिन्, ‘सामान्य रुघाखोकी लाग्दैमा हतारहतार अस्पताल आएर अस्पतालबाट आफूलाई नभएको फ्लुसमेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन आग्रह गर्छु । मौसमी फ्लुका लक्षण देखिए पनि सास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउनेजस्ता समस्या देखिएमा अस्पताल आउनुपर्छ ।’ 

रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले केही हप्तामा कोरोना जिते पनि दीर्घरोगी, बालक तथा वृद्धवृद्धाको ज्यानसमेत जाने घटना बढिरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रूपमा नलिन पनि आग्रह गरिन् ।