१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

दसैँ मनाएर फर्कंदा अपर तामाकोसी आयोजनाका ९ कर्मचारीमा कोरोना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२६:oo

स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दसैँ मनाएर आयोजना निर्माणस्थल लामाबगर जान लागेका २६ जना कर्मचारीहरूको स्वाब परीक्षण गरिएकोमा ९ जनालाई संक्रमण पुष्टि भएको हो । 

आयोजनाले दसैँ मनाउन घर गएका कर्मचारीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेसँगै उनीहरूले दोलखा बजारस्थित धुलिखेल अस्पतालमा शुल्क तिरेर पिसिआर गरेका थिए । धुलिखेल अस्पताल दोलखाका प्रमुख डाक्टर रोशन महतोका अनुसार कात्तिक १३ गते तामाकोसी आयोजनाका २६ कर्मचारी र १ जना स्थानीय महिला गरी २७ जनाको स्वाब पठाइएकोमा आयोजनाका ९ जना र एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । धुलिखेल अस्पतालले आफ्नै ल्याबमा परीक्षण गर्ने भएकाले परीक्षणको नतिजा छोटो समयमा आएको डाक्टर महतोले जानकारी दिएका छन् । 

संक्रमित सबै होम आइसोलेसनमा 
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले संक्रमित सबै होम आइसोलेनमा राखिएको जानकारी दिए । उनका अनुसार आयोजनामा बिदा बसेका या अन्य कुनै कामले आयोजनाबाट बाहिरिएका कर्मचारीहरू पुनः आयोजना प्रवेश गर्दा पिसिआर अनिवार्य गरिएको छ ।

संक्रमित कर्मचारीहरू प्राविधिक रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । शनिबार थपिएका १० जनासहित दोलखामा सक्रिय संक्रमितहरूको संख्या ७१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी वासुदेव अधिकारीका अनुसार हालसम्म १ सय ३१ जना पोजेटिभ संक्रमितहरूमध्ये ५९ जना निको भएर घर फर्किसकेका र ७१ जना सक्रिय संक्रमितमध्ये लक्षण देखिएका केही अस्पतालमा र बाँकी होम आइसोलेसनमा रहेका छन् । 

ad
ad