मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ११ मंगलबार २१:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाजुभाइको शव पोखरीमा फेला

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार २१:२९:००

सिराहामा एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ ।

नरहा गाउँपालिका- ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद यहसानको शव सोमबार बेलुका पोखरीमा भेटिएको हो । 

खोरिया गाउँदेखि करिब सात सय मिटर पश्चिममा रहेको पोखरीमा दुवै बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताए ।

दिउँसो ३ बजेदेखि बेपत्ता उनीहरूको खोजी गर्ने क्रममा दुवै दाजुभाइको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको डिएसपी जयसवालले बताए । 

माछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी जैसवालले बताए । 

उक्त वडाका वडाध्यक्ष अनिसुल अन्सारीले दुवै बच्चा हराएको होहल्ला चलेपछि खोजी गर्ने क्रममा बेलुकी ७ बजेतिर शव फेला परेको बताए । 

दुवै बालकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको डिएसपी जैसवालले बताए ।