१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सागर रिजाल
२०७५ पौष ३ मंगलबार १९:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

सरुमारानी गाउँपालिकले दियो सरकारी विद्यालयलाई बस

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ पौष ३ मंगलबार १९:३१:००

जिल्लाको सरुमारानी गाउँपालिकाले जिल्लामै पहिलो पटक एक सरकारी विद्यालयमा अध्यनरत विद्यार्र्थीहरुको लागि स्कूल बस सञ्चालनमा ल्याएको छ । सरुमारानी गाउँपालिका वडा नं ४ स्थित जनता माविका विद्यार्र्थीहरुको सुविधाका लागि बस संचालन गरिएको हो ।

प्युठान भालुवाङ सडकमा दिनहुँ पैदल हिँड्ने विद्यार्र्थीको सुरक्षा र टाढाका विद्यार्र्थीहरुलाई ध्यानमा राखेर बस संचालनमा ल्याईएको सरुमारानी ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमैले बताए । 

४ लाख भन्दा बढी रकम विनियोजन 
गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालय बस संचालनका लागि ४ लाख ४४ हजार ४ सय ४५ रुपैयाँ बिनियोजन गरिएको थियो । टाँढाका विद्यार्थीहरुलाई लक्षित गरि स्कुल बस सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले अब विद्यार्थीहरुलाई राहत मिल्ने बताए । गाउँपालिकाभित्रका मोतिपुर, ठाडिओदार, छत्तिवन दमार कुडुले गाउँका ७० भन्दा धेरै बालबालिका ५ घण्टा बढि समय पैदल हिडेर बिद्यालय आउजाउ गर्दै आएका थिए ।