१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बहराइनका राजकुमारसहितको टोलीद्वारा मनास्लु हिमालको सफल आरोहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:४७:oo

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले गोरखाको मनास्लु हिमाल आरोहण गरेको छ । बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको सेभेन समिट ट्रेक प्रालिका प्रबन्धक निर्देशन पासाङ फुर्बा शेर्पाले बताए । 

बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड शेर्पा गरी ५० भन्दा धेरैले हिमाल आरोहण गरेको उनले जानकारी दिए । कतिजना चुचुरोमा पुगे भनेर थप विवरण आउन बाँकी रहेको उनले बताए । उत्तरी गोरखास्थित चुमनुब्री गाउँपालिकामा रहेको मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो ।

यसको उचाइ आठ हजार एक सय ६१ मिटर मिटर छ । यसअघि राजकुमारसहितको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेकाे थियाे ।

 तस्बिर : सेभेट समिट ट्रेकबाट

 

ad
ad