१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o५:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स गाभ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:२३:oo

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव विशेष साधारणसभाले पारित गरेको छ । बैंकले भर्चुअल माध्यमबाट गरेको विशेष साधारणसभाले सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । 

फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनका लागि नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको जनाएको छ ।

विशेष साधारणसभाले पारित गरेको प्रस्तावमा सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १ सय कित्ता सेयरबापत नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३० कित्ता सेयर दिने प्रस्ताव गरिएको थियो ।

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने जनाइएको छ ।

प्रवर्द्धकहरूको सेयर स्वामित्व ६८.४८ प्रतिशत र सर्वसाधारण सेयर स्वामित्व ३१.५२ प्रतिशत हुने बैंकले जनाएको छ । बैंकले हाल ८३ शाखा, १ सय २५ एटिएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad