Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2020
ad
२०७७ असोज २६ सोमबार १४:५६:००
स्वास्थ्य र जीवनशैली

अनलाइन पठनपाठनबाट उत्पन्न तनाव कसरी व्यवस्थापन गर्ने ?

२०७७ असोज २६ सोमबार १४:५६:००

विश्व स्वास्थ्य संगठनले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार पछिल्लो समय विश्वभर मानसिक समस्या निकै बढेको पाइएको छ । सर्वेक्षणअनुसार मानसिक समस्या भोगिरहेकामध्ये करिब ७२ प्रतिशत बालबालिका र किशोरकिशोरी छन् ।

सुरुवाती समयमा अनलाइन कक्षाले बालबालिकामा कोरोना महामारीबाट उत्पन्न तनावबाट बाहिर आउन निकै मद्दत पु¥यायो, तर बिस्तारै अनलाइन कक्षाको भार बढ्दै गएपछि भर्चुअल शिक्षा नै बालबालिका तथा किशोरकिशोरीका लागि तनावको कारण बन्न थालेको छ । लकडाउनको अवधिमा अनलाइन शिक्षा विकल्पकोे रूपमा सञ्चालन गरिए पनि महामारीले अवस्था सामान्य हुन नसकेपछि शैक्षिक सत्र पूरा गर्नुपर्ने बाध्यताका कारण दबाब सिर्जना भएको हो । अध्ययनअनुसार बालबालिकालाई अनलाइन शिक्षामार्फत शैक्षिक सत्र पूरा गर्नुपर्ने दबाब नै तनावको मुख्य कारण बनेको छ । यस्तो तनाव कम गर्न अभिभावक र विद्यार्थी स्वयंले ध्यान दिन जरुरी हुन्छ । 

व्यायाम
अनलाइन कक्षाबाट पढाइ गर्दा अधिकांश समय बालबालिका एकै ठाउँमा बस्न बाध्य हुन्छन् । शारीरिक व्यायामको कमीका कारण पनि तनाव हार्मोनको विकास भइरहेको हुन्छ । बालबालिकाका लागि एरोबिक, दौड, साइक्लिङ, नाचगान आदि जस्ता व्यायाम आवश्यक हुन्छन् । यस्ता व्यायामले एन्डोर्फिन हार्मोन बढाउन मद्दत गर्छ । एन्डोर्फिन हार्मोनले मस्तिष्क दुखाइ र तनावको तह कम गर्ने मद्दत गर्छ । साथै तनावसँग सम्बन्धित हार्मोन एड्रेनालाइन र कोर्टिसोल हार्मोन कम गर्छ । तनाव व्यवस्थापनका लागि दैनिक आधा घन्टा जति व्यायामको आवश्यकता हुन्छ । 

एक्लोपनबाट जोगिने 
किशोरकिशोरीहरूको चञ्चले स्वभावका कारण लामो समयसम्म एकै स्थानमा बस्न सक्दैनन् । पढाइका लागि अधिकांश समय एक्लै बस्नुपर्ने हँुदा उनीहरूले एक किसिमको दबाब महसुस गरिरहेका हुन्छन् । सन् २००७ मा जर्नल साइक्याट्रीमा प्रकाशित अध्ययन रिपोर्टअनुसार सामाजिक रूपमा सक्रिय नहुने मानिसमा तनाव, मुटुको धड्कन असामान्य रहने, उच्च रक्तचापको समस्या र हार्मोनको स्तरमा वृद्धि हुने गर्छ । यो प्रक्रिया लकडाउनको समयमा झनै बढेको पाइन्छ । विज्ञहरूले दिनमा कम्तीमा एकपटक आफन्त वा साथीभाइसँग भिडियो कलमै भए पनि कुराकानी गर्न सल्लाह दिन्छन् । 

अरूसँग तुलना नगर्ने
प्रायजसो विद्यार्थी आफूलाई अरूसँग तुलना गरिरहेका हुन्छन्, जुन स्वस्थ प्रतिस्पर्धाका लक्षण होइनन् । साथै आफूलाई अरूभन्दा राम्रो देखाउने प्रतिस्पर्धाले समेत मनोविज्ञानमा असर पारिरहेको हुन्छ । अभिभावकले बालबालिकालाई प्रत्येक व्यक्ति आफ्नो स्थानमा विशिष्ट हुन्छ भन्ने सिकाउन जरुरी छ । साथै प्रतिस्पर्धा अरूसँग होइन उत्कृष्ट नतिजाका लागि गर्नुपर्छ भन्ने सिकाउनुपर्छ । 

पर्याप्त सुत्ने 
पर्याप्त नसुत्दा पनि मानसिक समस्याको जोखिम रहन्छ । विद्यार्थीमा तनाव र तनावले निम्त्याउने मानसिक समस्याको करिब २१ प्रतिशत कारण आवश्यकताअनुसार नसुत्नु पनि रहेको छ । 

माइन्डफुलनेस मेडिटेसन
तनावले मानसिक रूपमा मात्र नभई शरीरमा पनि असर गरिरहेको हुन्छ । बाहिरबाट हेर्दा बालबालिकाले पढ्न अल्छी गरेर नपढेको लाग्न सक्छ, तर उनीहरूको मानसिक अवस्थामा पनि अभिभावकले उत्तिकै ध्यान दिन जरुरी छ । घरमै बस्दा आफूसँगै बालबालिकालाई पनि मेडिटेसन गर्न सिकाउन सकिन्छ । जसले नकारात्मकता हटाएर एकाग्र हुन मद्दत गर्छ । 

तनाव बालबालिका, वयस्क वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिमा हुने गर्छ । दैनिक क्रियाकलापमा असहज महसुस हुँदा हुने दबाबका कारण समेत तनावको मुख्य कारण हुन्छ । तसर्थ अभिभावकले बालबालिकाको शारीरिकसँगै मानसिक अवस्थाको पनि ख्याल राख्न जरुरी छ । 

–एजेन्सीको सहयोगमा