१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकार–डा. केसीबीचको सहमतिको कांग्रेसद्वारा स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४८:oo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र अनशनरत डा. गोविन्द केसीबीच भएका सहमतिको स्वागत गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सहमतिको स्वागत गरेका हुन्  । साथै उनले ‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन निरन्तर खबरदारीको भने जरुरी रहेको जनाएका छन् ।

साथै प्रवक्ता शर्माले डा. केसीको अनशनप्रति सुरुदेखि नै सरकारी रवैया नकारात्मक देखिएको भए पनि छलफलबाट सहमतिमा पुग्नु सुखद भएको जनाएका छन् ।

उनले सहमतिलाई कार्यान्वयनमा लैजान पनि जोड दिएका छन् ।

ad
ad