१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o५:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

४४ जिल्ला कोरोना संक्रमणको रेडजोनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:१९:oo

प्रदेश १ का तीन, प्रदेश २ का सबै आठ, बागमतीका सात, गण्डकीका सात, लुम्बिनीका १०, कर्णालीका तीन र सुदूरपश्चिमका सात जिल्ला रेड जोनमा

शनिबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् पाँच हजार आठजनामा कोरोना संक्रमण पुष्टि भयो । योसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ । यसमध्ये आधा संक्रमित रेड जोनमा रहेका जिल्लाका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई रेड जोनका रूपमा छुट्याएको छ । यसरी हेर्दा ४४ जिल्ला रेड जोनमा छन् । यी जिल्लामा मात्रै २४ असोजसम्म संक्रमितको संख्या ६१ हजार ५६ पुगेको छ । तर, तीमध्ये धेरैलाई भने निको भइसकेको छ । 

प्रदेशगत हिसाबले धेरै संक्रमित हुनेमा पहिलो बागमती, दोस्रोमा प्रदेश २, तेस्रोमा लुम्बिनी, चौथोमा प्रदेश १, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा गण्डकी र सातौँमा कर्णाली प्रदेश छ । प्रदेश १ का १४ जिल्लामध्ये तीन जिल्ला रेड जोनमा छन् । यी तीन जिल्लामा शनिबारसम्म संक्रमितको संख्या नौ हजार एक सय ७७ छ । प्रदेश २ का आठवटै जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या १६ हजार एक सय १८ पुगेको छ । 

बागमती प्रदेशका १३ मध्ये सात जिल्ला रेड जोनमा छन् । यी जिल्लामा ४३ हजार सात सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी, गण्डकी प्रदेशका ११ मध्ये सात जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या चार हजार नौ सय चार छ । गण्डकी प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङमा अहिले सक्रिय संक्रमित छैनन् । 

लुम्बिनी प्रदेशका १२ मध्ये रेड जोनमा रहेका १० जिल्लामा शनिबारसम्म १२ हजार आठ सय १५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा १० मध्ये तीन जिल्ला मात्रै रेड जोनमा छन् । ती जिल्लामा तीन हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ । यसबाहेक नौमध्ये सात जिल्ला रेड जोनमा रहेको सुदूरपश्चिममा शनिबारसम्म सात हजार ६ सय २३ जनामा संक्रमणको पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार संक्रमित एक लाख पाँच हजार ६ सय ८४ मध्ये अहिलेसम्म ७४ हजार दुई सय ५२ जनालाई निको भइसकेको छ । अहिले देशभर ३० हजार आठ सय १८ सक्रिय संक्रमित छन् । तीमध्ये तीन सय १८ जना संक्रमित आइसियूमा र ७५ जना भेन्टिलेटरमा छन् । अहिलेसम्म कोरोनाबाट ६ सय १४ जनाको ज्यान गएको छ । 

उपत्यकामा एकैदिन २६ सय ७२ मा कोरोना
कोरोना भाइरसको संक्रमण देशका अन्य जिल्लाको भन्दा काठमाडौं उपत्यकामा तीव्र देखिएको छ । शनिबार दुई हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मको सर्वाधिक संख्या हो । 

शनिबार भेटिएका संक्रमितमध्ये काठमाडौंमा दुई हजार एक सय, ललितपुरमा तीन सय ६९ र भक्तपुरमा दुई सय तीनजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौंमा संक्रमितको संख्या ३२ हजार पाँच सय ६१ पुगेको छ । त्यस्तै, ललितपुरमा चार हजार चार सय ८८ र भक्तपुरमा तीन हजार तीन सय २४ पुगेको छ । 

ad
ad