१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

देशभर ४३६४ जना नयाँ कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:२३:oo

देशभर पछिल्लो २४ घन्टामा चार हजार तीन सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौं उपत्यकामा दुई हजार पाँच सय ४० जना रहेका छन् । याेसँगै अहिलेसम्म ९८ हजार ६ सय १७ जनामा काेराेना संक्रमण भएकाे छ ।

यस अवधिमा २६ सय ७५ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले अहिलेसम्म ७१ हजार तीन सय ४३ जना डिस्चार्ज भएको जानकारी दिए । 

काठमाडौंमा एक हप्ताभित्र १० हजारभन्दा बढी संक्रमण बढेको भन्दै प्रवक्ता डा. गौतमले स्वास्थ्य मापदण्ड पूरा पालना नभएको देखिएको बताए ।

हाल देशभर २६ हजार ६ सय ८४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ११ हजार सात सय १७ आइसोलेसनमा रहेका छन् ।

होम आइसोलेसनमा देशभर १४ हजार नाै सय ६७ रहेको डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १८ हजार चार सय ७२ पिसिआर परीक्षण भएको उनले बताए ।  

ad
ad