१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका कारण बन्द भएका धार्मिक स्थल १ कात्तिकदेखि खुल्छ : पर्यटनमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:४७:oo

पर्यटनमन्त्री योगश भट्टराईले कोरोनाका कारण बन्द भएका धार्मिक स्थलहरू १ कात्तिकदेखि खोल्ने तयारी भएको बताएका छन् ।

भट्टराईले सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरुमा क्रमशः भ्रमण तथा अवलोकन खुल्ला गर्ने प्रस्ताव भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकमा लगिने उनले जानकारी दिए । 

ताप्लेजुङको ओलाङचुङगोलामा बुधबार सशस्त्र प्रहरीकाे बोर्डर आउट पोस्ट (बिओपी) को उद्घाटनपछि सुकेटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीसँग यो प्रस्तावबारे परार्मश गरेको उनले बताए । 

मन्त्री भट्टराइले आउँदो १ कात्तिकदेखि विराटनगरबाट पूर्वी पहाडका क्षेत्रहरूमा नेपाल एयरलाइन्सले उडान सुरु गर्ने तयारी भइरहेको उल्लेख गरे ।  

अहिले पूर्वीपहाडका केही जिल्लाहरूमा काठमाडौंबाट मात्र उडान हुँदै आएको छ । विराटनगर–ताप्लेजुङ–विराटनगरको पनि उडान सुरु हुनेछ । 

ad
ad