१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २० मंगलबार १८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अपराधमा संलग्न इन्स्पेक्टरसहित तीन प्रहरी जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २० मंगलबार १८:५३:००

अपराधमा संलग्न भएका तीन प्रहरी जेल चलान भएका छन् । लागुऔषधको कारोबारमा संलग्न प्रहरी निरीक्षक तथा संगठित मुद्दा लागेका दुई सिपाहीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । 

लकडाउनको वेला आफ्नै गाडीमा लागुऔषध तस्करी गर्ने इन्स्पेक्टर रुद्रबहादुर शाहीलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो । उनी गत ११ असारमा पक्राउ परेका थिए । उनीसहित पक्राउ परेका सन्तोषकुमार शाह, भुपेन शेरचन, एलिसन बस्नेत, अभिनाश थपलियालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

उनीहरूबाट डालेक्स–डिसी, नाइट्रोभेटलगायत लागुऔषध बरामद भएको थियो । लकडाउनको वेला इन्स्पेक्टर शाही आफैँ तराई गएर सो लागुऔषध ओसारेको अनुसन्धानमा खुलेको थियो । 

त्यस्तै, सुनको अवैध कारोबार गर्ने गिरोहसँग मिलेको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई प्रहरी पनि जेल चलान भएका छन् । प्रसन्न श्रेष्ठ र बहादुरसिंह कडायत जेल चलान भएका हुन् । उनीहरूसहित नाैजनालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो । 

चाँदीमा सुनको लेप लगाएर बेच्न खोज्ने गिरोहलाई जवानद्वयले सघाएका थिए । नक्कली सुनको कारोबार गर्ने इल्ताफ हुसेनलगायत उनका सहयोगी जेल चलान भएका हुन् । दुईजना भने धरौटीमा छुटेका छन् ।