१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
काठमाडौँ रासस
२o८१ बैशाख ३१ सोमबार o९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्यांकरचालक पक्राउ

Read Time : < 1 मिनेट
काठमाडौँ रासस
नयाँ पत्रिका रासस
२o८१ बैशाख ३१ सोमबार o९:३७:oo

दुई साताको अवधिमा ६ चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्यांकरचालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना.४ख ३०८५ नम्बरको ट्यांकरमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मंगलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो ।  

वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्यांकीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको बताए । 

नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६ सय लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारबाही गरिएको जानकारी दिए ।

दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने ६ चालकलाई पक्राउ गरी कारबाही गरिसकेको छ ।     
 
 

ad
ad