मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १३ मंगलबार २२:००:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १३ मंगलबार २२:००:००

४५ वर्ष बित्यो, बनेन पोखरा बसपार्क : अतिक्रमण बढ्दै जाँदा २०५ बाट ४० रोपनीमा खुम्चियो क्षेत्रफल

पर्यटकीय सहर पोखरामा बसपार्क निर्माण प्रक्रिया सुरु भएको १८ फागुन ०३२ देखि नै हो । त्यतिवेला नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, ४५ वर्षपछि पनि त्यो जग्गामा पूर्वाधार निर्माण भएको छैन । उल्टै बसपार्कको क्षेत्रफल निरन्तर खुम्चिँदो छ । १४ माघ ०७१ मा सार्वजनिक भएको अध्ययनअनुसार बसपार्कको जग्गामा चार सय ५४ परिवार अव्यवस्थित बसोबासी रहेको पुष्टि भएको थियो, जुन अहिले बढेर करिब पाँच सय ५० पुगेका छन् ।

बाँझो जमिनमा खेती गर्नेलाई क्षेत्रफलका आधारमा अनुदान

कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु. १५ लाख र बाँझो जमिनमा खेती गर्नेका लागि रु. २४ लाख बजेट पठाएको छ । 

पद्मश्री पुरस्कार र सम्मान यस वर्ष नदिने निर्णय

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७६ सालको पद्मश्री पुरस्कार तथा सम्मान यो वर्ष कसैलाई नदिइने भएको छ । पुरस्कारका लागि चयन भएका व्यक्तिमाथि विवाद उत्पन्न भएपछि प्रतिष्ठानले यस वर्ष पुरस्कार नदिने निर्णय गरेको हो । 

लता मंगेशकर : दुई सय ज्यालादेखि ५० हजार गीतसम्म 

गायिका लता मंगेशकर हिजो (२८ सेप्टेम्बर) ९१ वर्ष पुगिन् । मंगेशकरका ३६ भाषामा ५० हजारभन्दा ज्यादा गीत रेकर्ड भएका छन् । आफ्नो गलाका कारण संसारभर ख्याति कमाएकी मंगेशकरसँग जोडिएका प्रसंग रुचिपूर्वक पढ्ने गरिन्छ । मंगेशकरसँग जोडिएका केही प्रसंगहरू :- 

विश्व बैंकको १८ अर्ब ऋण स्वीकृत, १७ नगरपालिकामा सहरी पूर्वाधारमा खर्च गरिने

नेपालका रणनीतिक महत्वका मध्यम सहरबाट प्रवाह हुने सेवा प्रवाहमा सुधार गर्न विश्व बैंकले १८ अर्ब रुपैयाँ (१८ करोड अमेरिकी डलर) ऋण दिने भएको छ । प्रदेश नम्बर १, २, गण्डकी र ५ का विभिन्न १७ नगरपालिकामा परियोजना कार्यान्वयन गर्ने गरी सरकारले ऋण लिन लागेको हो ।

विदेशमा घरेलु कामदार पठाउन संसदीय समितिले तोक्यो यस्ता सर्त 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतमा घरेलु काममा श्रमिक पठाउन पूर्ण रूपमा बन्देज लगाउन सरकारलाई निर्देशन दिएकोमा अहिले घरेलु कामदार विदेश पठाउनका लागि निश्चित सर्तहरू तोकेको छ । समितिको मंगलबार बसेको बैठकले कस्तो–कस्तो अवस्थामा घरेलु कामदारका रूपमा पठाउन सकिने भन्ने सर्त तोकेको छ ।

निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी क्षेत्र कहिले खुल्छन् ?

कोभिड– १९ सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी) ले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरू खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको सिसिएमसी निर्देशक समितिको बैठकले कोभिड– १९ का कारण रोकिएका बाँकी सेवाहरू सुचारु गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको छ । 

उडान संख्या थपेर विदेशमा अलपत्र नेपाली ल्याउन संसदीय समितिकाे निर्देशन

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई निर्देशन दिएको छ। त्यस्तै, समितिले गैरकानुनी बाटोबाट विदेश गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न पनि निर्देशन गरेको छ। 

स–साना २५ विद्यार्थीलाई विषादी दिने शिक्षिकालाई चीनमा मृत्युदण्डको फैसला

स–साना नर्सरी कक्षामा पढ्ने विद्यार्थीलाई विषादी दिने एक शिक्षिकालाई चीनको एक अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । वाङ नामकी ती शिक्षिकाले नर्सरी कक्षामा पढ्ने २५ जना साना विद्यार्थीलाई विषादी दिएकी थिइन् जसमध्ये एकजनाको निधन भएको थियो । गत वर्ष यस आरोपमा उनी चीनको जियाओझु सहरमा गिरफ्तार भएकी थिइन् ।

ओस्कारका लागि आवेदन खुला, प्रदर्शन रोकिएका फिल्मले पनि सहभागी हुन पाउने 

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औँ ओस्कार अवार्डमा सहभागी हुनका लागि नेपाली चलचित्रको आवेदन खुला गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै ओस्कारमा इच्छुक नेपाली फिल्मकर्मीले १३ देखि २९ असोजसम्ममा आफ्नो फिल्म कपीलाई बुझाउनुपर्ने विज्ञप्तिमा जनाइएको हो ।