मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज १३ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज १३ मंगलबार २o:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड– १९ महामारीबाट अतिकम विकसित मुलुकहरू मारमा : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज १३ मंगलबार २o:४३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९को विश्वव्यापी महामारीबाट कम विकसित, विकासोन्मुख तथा अतिकम विकसित देशहरू मारमा परेको बताएका छन् । संयुक्त राष्ट्रसंघको मंगलबार सम्पन्न फाइनान्सिङ २०३० एजेन्डासम्बन्धी उच्चस्तरीय बैठकलाई पठाएको भिडियो सम्बोधनमा प्रधानमन्त्रीले अतिकम विकसित मुलुकलाई लक्षित गर्दै सघाउ पुग्ने भूमिका निर्वाह गर्न विकसित मुलुकहरूलाई आह्वान गरेका छन् । 

‘विकसित देशहरूले आफ्ना अर्थतन्त्रलाई संकटबाट जोगाउन अभूतपूर्व वित्तीय र मौद्रिक नीतिगत कदम चालिसकेका छन् । धेरै विकासाेन्मुख मुलुकहरू र खासगरी अतिकम विकसित मुलुकहरू नीतिगत प्रक्रियामा पनि कमजोर छन् । उनीहरूको व्यापार र विशेष गरी पर्यटनमा गिरावट आएको छ । अतिकम विकसित मुलुकहरूको विशेष आवश्यकतालाई प्राथमिकता दिने संयन्त्र निर्माण अपरिहार्य छ ।’ 

प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको पूर्वाधार तथा व्यापार सहजीकरणमा हुने गरी वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् । अतिकम विकसित मुलुकहरूलाई डिजिटल रूपान्तरणका लागि विकसित मुलुकले सहयोग गर्नुपर्ने पनि उनको भनाइ थियो । उनले अतिकम विकसित मुलुकहरूले पनि खोपमा समान, सहज र किफायती पहुँचमा पनि जोड दिएका छन् । 

प्रधानमन्त्री ओलीले विकास साझेदारहरूलाई सहायता कायम राख्न पनि आह्वान गरेका छन् । ‘यसो भयो भने हामीजस्ता मुलुकको अर्थतन्त्र पुनर्स्थापित गर्न सहयोग पुग्नेछ । विशेषगरी दिगो विकास लक्ष्य कार्यान्वयनका लागि वित्तीय खाडल देखिने हुनाले अतिकम विकसित देशलाई सहायता, लगानी, प्रविधि, आविष्कारका लागि बाह्य सहयोग अपरिहार्य रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।