मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरा रंगशाला निर्माणको ८६ प्रतिशत काम सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

निर्माणाधीन पोखरा रंगशाला निर्माणको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।

करिब एक अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । 
माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । 

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरू रोकिएको बताए । 

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पिई बिल्डिङको निर्माण कार्य रोकिएको उनले बताए । 

रंगशालाको पश्चिमतर्फ भिआइपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको ताम्राकारले जानकारी दिए । 

चेन्जिङ रुम, मिडिया सेन्टरलगायतको काम सकिएको उनले बताए । 

अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । रंगशालको चारैतिरको पिच निर्माणाधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । 

ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । 

गत मंसिर १५ देखि २४ गतेसम्म जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।