१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १३ मंगलबार १२:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग

ओस्कारका लागि आवेदन खुला, प्रदर्शन रोकिएका फिल्मले पनि सहभागी हुन पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १३ मंगलबार १२:२०:००

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औँ ओस्कार अवार्डमा सहभागी हुनका लागि नेपाली चलचित्रको आवेदन खुला गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै ओस्कारमा इच्छुक नेपाली फिल्मकर्मीले १३ देखि २९ असोजसम्ममा आफ्नो फिल्म कपीलाई बुझाउनुपर्ने विज्ञप्तिमा जनाइएको हो । 

गत फेब्रुअरीमै हुनुपर्ने अवार्ड कार्यक्रम कोरोना महामारीका कारण पर धकेलिएको थियो । अब २५ अप्रिलमा अमेरिकामा अवार्डको वितरण कार्यक्रम हुनेछ । महामारीका कारण ओस्कारले परिवर्तन गरेको नियमानुसार महामारीका कारण प्रदर्शन हुन नसकेका फिल्मले पनि सहभागिता जनाउन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त हलबाट प्रदर्शन रोकिएको पत्र नेपालको ओस्कार कमिटीलाई बुझाउनुपर्नेछ । रोकिएका फिल्म स्ट्रिमिङ साइटमा प्रदर्शन भएका छन् भने पनि ओस्कारमा सहभागिता जनाउन पाउनेछ ।

ओस्कारको नेपालका लागि विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय अन्तर्राष्ट्रिय फिचर फिल्म कार्यसमिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागाईं र सामीप्यराज तिमिल्सेना सदस्य छन् ।