१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस/एएफपी
२o८१ जेठ १ मंगलबार १४:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व

काराबाख क्षेत्रमा भीषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु

Read Time : > 1 मिनेट
रासस/एएफपी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५३:oo

आर्मेनियाका पृथकतावादीहरूले नागोर्नी काराबाख क्षेत्रमा सोमबार भएको संघर्षमा आफ्ना थप १५ जना लडाकु मारिएको जनाएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ । 

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ । 

पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको सुरुदेखि नै आर्मेनियासमर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर संघर्ष भइरहेको छ । यस वर्षको सुरुमा र सन् २०१६ मा पनि लडाइँ भएको थियो ।

रक्षा मन्त्रालयले काराबाखमा सोमबार ३२ जना सैनिकको ज्यान गएको जनाएको छ । गोलाबारीमा परेर आर्मेनियाली क्षेत्रतर्फ सातजनाको मृत्यु भएको बताइएको छ । 

आर्मेनियाली रक्षा मन्त्रालयले पहिलो रात र सोमबार बिहान भारी लडाइँ जारी रहेको जनाएको छ । अजरबैजानी सेनाले आइतबार अखडा जमाएको क्षेत्रलाई पुनः फिर्ता लिएको मन्त्रालयले दाबी गरेको छ । तर, अजरबैजानले लडाइँमा आफू अझअघि बढेको जनाएको छ । 

रक्षा मन्त्रालयले भनेको छ, ‘अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकु विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।’ 

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरूमा आक्रमण गरिरहेको जनाएका छन् । जब कि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर सहरमा पृथकतावादी विद्रोहीहरूले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ । 

अजरबैजानले पाँच सय ५० जना पृथकतावादी लडाकु मारिएको दाबी गरेको छ, तर आर्मेनियाले सो दाबीको खण्डन गरेको छ । आइतबारदेखि लडाइँ सुरु हुनुमा दुवै पक्षले एक अर्कामाथि दोष देखाएका छन् । 

मुस्लिम–बहुल अजरबैजान र इसाई–बहुल आर्मेनियाबीचको लडाइँले रुस र टर्कीबीच मतभेद निम्त्याउने सम्भावना पनि छ । आर्मेनियासँग रुसको सैन्य गठबन्धन रहँदै आएको छ भने मुस्लिम–बहुल अजरबैजानलाई टर्कीले समर्थन गरेको छ । आर्मेनियाले हिंसात्मक द्वन्द्व बढाउन टर्कीले भूमिका खेलिरहेको र सैन्य सल्लाहकार पठाएको आरोप लगाएको छ । 

युद्धविरामका लागि आग्रह
फ्रान्स, जर्मनी, इटली, संयुक्तराज्य अमेरिका, युरोपियन युनियन र रसियाले दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् ।

आर्मेनिया र काराबाखले आइतबार सैनिक कानुन र सैनिक परिचालन घोषणा गरेका छन् भने अजरबैजानले ठूला सहरमा सैन्य शासन र कर्फ्यु लगाइएको घोषणा गरेको छ ।

आर्मेनियाका जातीय अल्पसंख्यक पृथकतावादी समूहले सन् १९९० को दशकको सुरुमा अजरबैजानबाट नागोर्नी काराबाख क्षेत्रलाई स्वतन्त्र बनाएका थिए । यसक्रममा करिब ३० हजारको ज्यानसमेत गएको थियो । 

दुवै पक्षबीच सन् १९९४ मा युद्धविराम भएको थियो । फ्रान्स, रसिया र संयुक्त राज्य अमेरिकाले ‘मिन्स्क समूह’ बैठकबाट स्थायी शान्तिका लागि मध्यस्थता प्रयास गरेका थिए, तर शान्तिसम्झौतामा सन् २०१० मा धक्का लाग्यो । नागोर्नी काराबाख क्षेत्रमा अजरबैजान र आर्मेनियाले आआफ्नो वर्चश्व कायम राख्न प्रयास गरिरहेका छन् ।

ad
ad