१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

धरानमा कोरोनाबाट थप एकको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:४३:oo

धरानमा थप एकजना कोरोना संक्रमितको निधन भएको छ । धरान उपमहानगरपालिका– २ निवासी ३८ वर्षीया महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । 

उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा आइतबार राति भर्ना गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सोमबार बिहान उनको मृत्यु भएको हो । उनको मृत्यु भएपछि आएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । 

मृतकमा पुरानो रोगको कुनै रेकर्ड नभए पनि रगत परीक्षण गर्दा सुगरको मात्रा अत्यधिक देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको संख्या आठ पुगेको छ । 

ad
ad