१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस/एएनआई
२o८१ जेठ १ मंगलबार १२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

टिकटकमाथि रोक लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश रोकियो

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:३८:oo

अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  भिडियो सेयरिङ एप्स टिकटक अमेरिकामा रोक लगाउने विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् । 

राष्ट्रपति ट्रम्पको आदेशअनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने थिएन । यसअघि अमेरिकी वाणिज्य मन्त्रालयले टिकटक प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनलाई २७ सेप्टेम्बरसम्म स्थगित गर्ने बताएको थियो ।

राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरू ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने सर्त अघि सारेका थिए । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद गर्न टिकटकको आधिकारिक कम्पनी बाइटडान्ससँग सम्झौता गरेका छन् । 

गत ६ अगस्टमा ट्रम्पले अमेरिकी सुरक्षा र अमेरिकी नागरिकको व्यक्तिगत गोपनीयतामा खतरा औँल्याउँदै चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा कारोबार गर्न प्रतिबन्ध लगाउने गरी  कार्यकारी आदेशमा हस्ताक्षर गरेका थियो । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक र विच्याटजस्ता चिनियाँ कम्पनीले गोप्य अमेरिकी तथ्यांक विवरणहरू चिनियाँ सुरक्षा निकायहरूलाई उपलब्ध गराएको आरोप लगाएका छन् । 

ad
ad