१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोना महामारीबीच सिराहाका विद्यालयमा पठनपाठन सुचारु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:५३:oo

कोरोना संक्रमण नियन्त्रणका लागि सुरु भएको लकडाउनसँगै बन्द भएका सिराहाका विद्यालयमा पठनपाठन सुरु भएको छ ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँचा २०७७ अनुसार सिराहा जिल्लामा पठनपाठन सुरु भएको हो ।

सिराहाको धनगढीमाई नगरपालिकाले भदौ ३० मा प्रधानाध्यापकसँग छलफल गरेर पठनपाठन सुचारु गर्ने निर्णय गरेसँगै जिल्लामा पढाइ सुरु भएको हो । धनगढीमाई नगरपालिका क्षेत्रमा रहेका ३३ सामुदायिक विद्यालय र निजी क्षेत्रका विद्यालयहरूमा असोज १ देखि पठनपाठन सञ्चालनमा आएको छ।

धनगढीमाई नगरपालिकाभित्रका विद्यालयले दुई सिफ्टमा पठनपाठन सुरु गरेको विद्यालय निरीक्षक बुद्धिमान दनुवारले बताए । बिहानको १०-१ बजेको सिफ्टमा प्रारम्भिक कक्षादेखि चार कक्षासम्म र १-४ बजेको सिफ्टमा पाँचदेखि १२ कक्षासम्मका बालबालिकाको पठनपाठन सुरु भएको दनुवारले जानकारी दिए ।

यता लहान नगरपालिकाले असोज ७ देखि कक्षा ८–१२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेसँगै पठनपाठन सुचारु गरिएको छ । लहान नगरपालिकाको नगर शिक्षा समितिले असोज १ मा पठनपाठन सुचारु गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले बताए । ‘प्रारम्भिक कक्षादेखि सातसम्मको पठनपाठन विद्यालयमै सञ्चालन गर्न चाँडै निर्णय गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘अहिले माथिल्लो कक्षाको पठनपाठन केही दिन हेर्छौँ ।’

१७ स्थानीय तह रहेको सिराहा जिल्लामा धनगढीमाई र लहान नगरपालिकाले पठनपाठन सुचारु गरेपछि बाँकी ११ स्थानीय तहले पनि पठनपाठन सुचारु गर्ने निर्णय गरेका छन् । सिराहा नगरपालिकाले असोज ११ (आज) देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । सिराहा नगरपालिकाले कक्षा ८ देखि १२ सम्मको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।

यता मिर्चैया नगरपालिका, लक्ष्मीपुर पतारी, गोलबजार, कर्जन्हा, कल्याणपुरलगायतका स्थानीय तहले पनि कक्षा सञ्चालन गर्न तयारी गरेको छ । यी स्थानीय तहहरूले असोज ११ (आज)देखि कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् । 

बढ्यो विद्यार्थीकाे चाप

हिमालय आधारभूत विद्यालय सिमलटोकी धनगढीमाई नगरपालिका– १२ का प्रधानाध्यापक भूपेन्द्रबहादुर हमालले पठनपाठन सुचारु गरिएको बताए । विद्यालयमा चार सय ७० विद्यार्थी रहेको र दुई सिफ्ट गरी पठनपाठन असोज १ देखि सञ्चालन भइरहेको भन्दै हमालले विद्यार्थीको चाप बढेको बताए ।

पठनपाठन सुचारु गरेका स्थानीय तहका नगर शिक्षा समितिले सामाजिक दूरी कायम राख्नुपर्ने, साबुनपानीले हात धुने व्यवस्था हुनुपर्ने र विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्ने, दैनिक रूपमा तापक्रम नाप्नुपर्नेजस्ता सुरक्षा मापदण्ड अपनाउनुपर्ने निर्णय गरेको गरेको छ ।

ad
ad