१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बालिका हत्या प्रकरण : कारबाही माग गर्दै विद्यार्थीको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:३३:oo

बालिका हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा शनिबार विद्यार्थीले प्रदर्शन गरेका छन् । अनेरास्ववियु र नेविसंघको अगुवाइमा विद्यार्थीसँगै नागरिक समाजका अगुवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले १२ वर्षीया बालिकाको हत्यामा संलग्न जोकोही भए पनि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । घटनामा दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

७ असोजमा गाईगोरुलाई गोठमा घाँस हाल्न गएकी बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका गाउँनजिकैको शिव मन्दिरमा मृत भेटिएकी थिइन् । उनी शरीरको तल्लो भागमा कपडा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । प्रहरीले गाउँकै २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ । 

राजेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ । अहिले यकिन गरेर भन्न सकिने अवस्था छैन,’ डिएसपी खड्काले भने ।

ad
ad