मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणीमा खतराको तह पार, नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

लगातारकाे वर्षाले चितवनका नदीमा पानीको सतह बढेको छ । नारायणी नदीमा खतराको तह पार गरेको छ भने राप्तीमा समेत पानीको बहाव बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यलय चितवनसँगै यहाँका स्थानीय तहहरूले विज्ञप्ति जारी गर्दै सुरक्षित रहन सबैलाई अपिल गरेका छन् । यता माडीको  मगोई, रौतने, रिमाल, घाघर, बघई, रिउलगायतका खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ । 

 माडीका अधिकांश खहरे खोलामा बाढी आएकोले यातायात आवागमन ठप्प भएको माडी नगरपालिका विपत् व्यवस्थापनका स्रोतव्यक्ति गोविन्द न्यौपानेले बताए । माडीका अधिकांश खोलामा पुल नभएकोले बाढी आउनासाथ सडक अवरुद्ध हुने गरेका छन् । 

चितवनका भित्री सडक बाढीका कारण यातायात अवरुद्ध भए पनि अहिले नारायणगढ मुग्लिङ सडकखण्ड भने सुचारु नै रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।