
राप्रपा अध्यक्षत्रयको बैठक पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिका सदस्यहरूमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजंग उप्रेती र चन्द्र काफ्ले रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक आगामी असोज ११ का लागि तोकिएको बर्तौलाले बताए ।