मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ८ बिहीबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा अध्यक्षहरूको बैठकले बनायो विधान मस्यौदा समिति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ८ बिहीबार १३:१६:००

राप्रपा अध्यक्षत्रयको बैठक पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सम्पन्न भएको छ । 

पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिका सदस्यहरूमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजंग उप्रेती र चन्द्र काफ्ले रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 
 
पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक आगामी असोज ११ का लागि तोकिएको बर्तौलाले बताए ।