मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ८ बिहीबार ०८:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका स्थानीयले सम्झिए डा. हर्क गुरुङलाई 

Read Time : < 1 मिनेट
२०७७ असोज ८ बिहीबार ०८:२०:००

स्वर्गीय भूगोलविद् डा. हर्क गुरुङलाई लमजुङका स्थानीयले सम्झिएका छन् । डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानद्वारा  मर्स्याङ्दी गाउँपालिका– ७ ताङ्लीचोकमा बुधबार आयोजित १४औँ स्मृति दिवसमा एक कार्यक्रमको आयोजना गरी गुरुङको महानता र योगदानको उच्च सम्मान गर्दै जन्मथलोमा स्थानीयले सम्झिएका हुन् ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य जमिन्द्रमान घलेले  गुरुङको फोटोमा खादा, पुष्पगुच्छा चढाउँदै जिल्ला र मुलुकले महान व्यक्ति गुमाएको र यस्ता व्यक्ति मुलुकले पाउनलाई धेरै समय लाग्ने बताए । उनले गुरुङको विचारलाई सबैले पच्छ्याउनुपर्ने बताए ।

संविधानसभा सदस्य घलेले डा. हर्क गुरुङले पेस गरेका योजना र विचार कार्यान्वयन गर्न आवश्यक रहेको बताए । मर्स्याङ्दी  गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भूगोलविद् गुरुङको जन्मस्थानमा डिपिआर तयार गरी पर्यटकीय गन्तव्य तथा अध्ययन विकास स्थल निर्माण गर्नुपर्ने र यसका लागि आवश्यक पहल गरिने बताए । 

कार्यक्रममा सहभागीले गाउँलाई पर्यटकीय र अध्ययनस्थल बनाउनका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।  गुरुङको सम्झनामा डा. हर्क गुरुङ स्मृति पार्क निर्माण, डा. हर्क गुरुङको शालिक, समाधिस्थल (चिहान)को संरक्षण,  पुस्तकालय, संग्रहालय र गाउँलाई पर्यटकीय र अध्ययन केन्द्र बनाउनुपर्ने स्थानीयको भनाइ छ ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी ७ असोज २०६३ सालमा उनको मृत्यु भएको थियो । त्यतिवेला डाक्टर हर्क गुरुङ, वातावरणविद् डाक्टर चन्द्रप्रसाद गुरुङसहित २४ जना देशविदेशका विज्ञहरूको मृत्यु भएको थियो ।