मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ५ सोमबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा सचिवालयको जारी बैठक भोलि नै सक्न ओली-प्रचण्ड सहमत 

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १८:५५:००

नेकपा सचिवालयको जारी  बैठक मंगलबार सक्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनसहित सचिवालयमा प्रस्तावित एजेन्डाबारे ओली र प्रचण्डबीच सोमबार छलफल भएको हो । सोमबारको बैठक स्थगित गरेर ओली र प्रचण्डबीच छलफल भएको थियो ।

मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि सचिवालय बैठक जनसंगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको थियो । आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल मात्रै भएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई मूर्तरूप दिने, कोभिड– १९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता विषयमा सचिवालय बैठकले निर्णय लिने नेकपाले जनाएको छ ।