Skip This
कनेक्ट आइपिएसमा थप बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o५:२१:oo
Read Time : < 1 मिनेट
अर्थ

कनेक्ट आइपिएसमा थप बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o५:२१:oo

कनेक्ट आपिएसमा बैंक खाता क्लिप गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा थप बैंक वित्तीय संस्थाहरूमा उपलब्ध भएको छ । 

कम्पनीले नेपाल बंगलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक तथा आइसिएफसी फाइनान्सलगायतका बैंक वित्तीय संस्थालाई सुविधा उपलब्ध गराएको हो । 

यस अनलाइन सुविधासँगै बैंक वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आइपिएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुनपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्ने जनाइएको छ ।