१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ३ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ३ शनिबार o८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो वर्ष पाँच सय ९४ लाई विभूषण, डा. सन्दुक रुइतलाई उच्च तहको सम्मान 

यसपटक पनि विभूषणमा कर्मचारी नै हाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ३ शनिबार o८:३५:oo

यो वर्ष राज्यबाट पाउने उच्च सम्मान डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ । संविधान दिवसको अवसरमा सरकारले पाँच सय ९४ जनालाई विभिन्न किमिसका विभूषण दिने घोषणा गरेकोमा डा. रुइतलाई सुप्रसिद्ध जनसेवाश्री (प्रथम) प्रदान गरिएको छ । यो विभूषण पाउनेमा उनी एक्ला छन् । 

यो वर्ष नेपालरत्न, राष्ट्रगौरव तथा राष्ट्रदीपजस्ता उच्च विभूषण कसैलाई दिइएको छैन । सुप्रसिद्ध जनसेवाश्री (दोस्रो) पाउनेमा चारजना छन् । सर्वोच्चका न्यायाधीश दीपक कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र थापा छन् ।

अख्तियारमा रहँदा ठूला भ्रष्टाचारका फाइल तामेलीमा राखेको आरोप लागेका पूर्वप्रमुख आयुक्त घिमिरेलाई उच्च तहको विभूषण दिइएको छ । 

सुकीर्तिमय राष्ट्रदीप तृतीय भने सातजनालाई दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशी, वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ छन् । 

गत साउनमा मात्र सरकारले विभूषण नियमावली संशोधन गरी एक वर्षमा बढीमा दुई सयलाई मात्र विभूषण दिने निर्णय गरिएको छ ।  त्यसलाई फेरि सच्याएर गत वर्षझैँ धेरैलाई प्रदान गरिएको छ ।

यसपटक पनि विभूषणमा कर्मचारीहरू नै हाबी भएका छन् । कोरोना रोकथाम तथा उपचारमा संलग्न चिकित्सकलाई प्राथमिकता दिने भनिए पनि थोरै मात्र सूचीमा परेका छन् ।