मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभाको गरिमा बढाउँछु : वामदेव गौतम (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३६:oo

नेकपाका उपाध्यक्ष वामदेव गौतमले गौतमले राष्ट्रिय सभाको गरिमा बढाउनका निम्ति नेपालको संविधान र नियमावलीबमोजिम राष्ट्रिय सभामा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सभा सदस्यकाे शपथग्रहणपछि छोटो मन्तव्य राख्दै नेता गौतमले उक्त कुरा बताएका हुन् ।

‘राष्ट्रिय सभा सदस्य रहँदासम्म यसको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै पनि क्रियाकलाप गर्नेछैन, नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सदैव बफादार भएर कर्तव्य निर्वाह गर्नेछु,’ गौतमले प्रतिबद्धता मन्तव्यमा भने, ‘हाम्रो पार्टी नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । त्यही संकल्पबमोजिम यहाँबाट के–कति भूमिका निर्वाह गर्न सकिन्छ, गर्नेछु ।’

गौतमले कुनै वेला आफैँले पार्टी सदस्यता दिएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट शपथ लिन पाएकोमा खुसी लागेको भन्दै आभार व्यक्त गरे । ‘मलाई यो सभामा उपस्थित गराएर शपथ गराउने अध्यक्षज्यू कुनै वेला मेरो कार्यकर्ता हुनुहुन्थ्यो र मैले नै पार्टी सदस्यता प्रदान गरेको थिएँ,’ गौतमले प्रतिबद्धता मन्तव्यमा भने, ‘मैले आज सदस्यता प्रदान गरेको एकजना कमरेड राष्ट्रिय सभाको अध्यक्ष हुँदा मेरो छाती चौडा भएको छ । उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।’ 

उनले सांसद सिफारिसका लागि आग्रह गर्ने आफ्नै पार्टी नेकपा, मनोनयनका लागि राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली र मनोनयन गर्ने राष्ट्रपति भण्डारीप्रति पनि आभार प्रकट गरे । गौतमले बिहीबार अपराह्न ४ बजे राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाबाट शपथ लिएका थिए । उनको शपथमा नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू नेपाल, खनाल, प्रवक्ता श्रेष्ठसहित स्थायी कमिटीका र केन्द्रीय कमिटीका केही सांसद पनि सहभागी थिए । गौतमलाई बधाई दिन नेकपाका थुप्रै नेता–कार्यकर्ता उनको निवास भैँसेपाटी पनि पुगेका थिए ।

भिडियाे हेर्नुहोस्>>>